रोल्पा । रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक) को ज्यान गएकाे छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको ज्यान गएको पारीवारीक स्राेतले जनाएकाे छ ।
बुढाथाेकीकाे ज्यान गएकाे खबर परिवारले फागुन २४ गते पाएकाे थियाे । त्यस लगत्तै परिवारका सदस्यहरु काजकिरिया गरेका छन् ।
उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।
४४ वर्षीय तिलकको ज्यान गएकाे खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तसमेत रहेका सुनछहरी गाउँपालिका वडा नं. ५ का सदस्य बेगम बुढाथोकीले बताए ।
तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए ।
तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् ।
द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । उनी २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जादै गर्दा पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए ।


