पाेखरा । कास्की केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ ।
आज बिहान ४:११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पोखरासहित कास्की जिल्लाका अधिकांश ठाउँ र आसपासका जिल्लामा महसूस गरिएको थियो ।
यसअघि गएको शनिवार बाग्लुङ केन्द्रविन्दु भएर ४.१ र शुक्रवार म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।




















