प्रतिकात्मक तस्बिर
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेकाे हाे ।
खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिकातर्फ गुडिरहेकाे भे २ त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।
ट्र्याक्टरमा रहेका ४ जनामध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य ३ जना सकुशल रहेकाे प्रहरी जानकारी दिएकाे छ ।


