प्रतिकात्मक तस्बिर
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परी १ बालकको ज्यान गएको छ । ज्यान गुमाउने बालक कुशे गाउँपालिका-८ का १२ वर्षका छोरा अमरको ज्यान गएको जाजरकाेट प्रहरीले पुष्टी गरेकाे हाे ।
ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उनकै छोराको ज्यान गएको हो ।
जनक र आमा बिजुली रोकाय घाइते भएकाे जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।
पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएकाे छन् ।


