एजेन्सी । सुन्दरताले कसलाई पो आकर्षण नगर्ला र ? सुन्दरताको पछी उमेर समूहको कुनै भेद छैन । सारा विश्वभरी नै सुन्दरी युवतीको पछी लाग्ने लाखौ लाख पुरुषहरु भेटिन्छन् । यस्तै सुन्दरी युवतीको पछी लाग्दा भारतमा १ जना पुरुषले १८ लाख भारु गुमाउनु परेको छ ।
दिल्लीमा भएको हनी ट्रयाप…हनी ट्रयापमा फसेर कयौं मानिसले लाखौं रुपैयाँ गुमाएको हामीले मिडीया मार्फत सुन्दै आएका छौ । कयौंलाई त यतीसम्म पनि फसाइन्छ की उनीहरु आत्माहत्या गर्न समेत बाध्य छन् । यसै बिच महाराष्ट्र अन्तरर्गतको मुंबईबाट हालै यस्तै समाचार सार्वजनिक भएको छ । दिल्लीमा बस्ने एक बृद्वले एक जना सुन्दर युवतीलाई यती विध्न मन पराएकी उनले लाखौं भारतीय रुपैयाँ गुमाए पनी । यसै बिच ति बृद्वले सुन्दरीको सत्य कुरा पत्ता लगाए संगै एफआई आर दर्ता गराएका छन् ।
भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार ति बृद्वको श्रीमती सन २०१५ मा नै मृत्यु भएको थियो । त्यसपछी एक्लो पनाले सताएका उनले महिला साथीको सुझाव अनुसार १ जना महिला संग रिलेसनसीपमा बस्न तयार भए । महिलाले सुन्दरी युवतीको मोबाईल नम्बर समेत उनलाई दिए ।
जब बृद्वलाई मन पर्यो दिल्लीकी मिरा…
रेश्मा नाम गरेकी ति महिलाले बृद्वलाई केही महिलाको तस्बिरहरु देखाएर तर कुनै पनि मन पराएनन् । बृद्वलाई शारिरक सम्बन्धकालागी १ जना महिलाको आवश्यता थियो । सन २०२३ मा तिनै रेश्माले मिरा नाम गरेकी १ जना सुन्दर युवतीको फोटो देखाउछन् । उनले तुरुन्तै ति युवतीलाई मन पराउछ । मिरा नामकी ति महिला विवाहीत हुन भने उनी मुंबईको मालवानी क्षेत्रको भएको भारतीय समाचार एजेन्सीले लेखेको छ ।
शारीरिक सम्वन्ध पछी रकममाग…
मे महिनामा मिरा संग भेट्नका लागि ति बृद्व दिल्लीको मालवानी गए । दुवै बिच भेटघाट पछी उनीहरु घुम्नकालागी गोवा गए । जहाँ दुवै बिच शारीरिक सम्बन्ध समेत भयो । त्यस लगत्तै मिराले ति बृद्व संग केही रकम माग गरे ।
ति बृद्व त्यती बेला छाँगाबाट खसे जस्तो भयो कि, महिलाले ४ करोड मूल्य पर्ने फ्याटको डिमान्ड गरीन । बृद्वले ईन्कार गरे ।
मिराको साथीले नै खोले पोल…
मिराले ति पुरुषबाट आफ्नो ईच्छा पुरा नहुने छाँट देखेपछी पुनः मालवानी डाकेर शारीरिक सम्बन्ध राखिन र प्रहरी कहाँ पुगिन । मिराले पुरुषले आफुलाई बलात्कार गरेको आरोप लगाए र ब्ल्याकमेलिङ्ग गर्न थालिन ।
मिराले १ बर्षमा नै ति पुरुष संग १८ लाख लिइसकेकी थिइन । यो कहानी त्यती बेला पर्दाफास भयो कि, मिराकै एक जना महिला साथीले ति पुरुषलाई कलरेकर्ड गरेर पठाए । त्यो फोन संबादमा मिराले पुरुषलाई कसरी फसाउने भनेर सबै कुरा गरेकी थिइन ।
त्यस लगत्तै ति बृद्व दिल्लीबाट मुंबई गएर मिराको बिरुद्व प्रहरीमा एफआईआर दर्ता गराए । मुंबई प्रहरीले अहिले उक्त मुद्वाको अनुन्धान सुरु गरेको जनाएको छ ।



