काठमाडाैं । आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरीएकाे छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी र हिमाली क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भने मेघगर्जन र चट्याङ सहित हल्का बर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


