काठमाडाैं । भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागसम्म बदली गराउने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको सर्तकता अपनाउन महाशाखाले अनुराेध समेत गरेकाे छ ।
बर्षा गराउने प्रणाली धेरै बलियो भने नभएता पनि अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने हुदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने महाशाखाले जनाएकाे हाे ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाकाे सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


