काठमाडौं । आज बिहानै म्याग्दी र बागलुङमा भूकम्पको धक्का महशुस गरीएकाे छ ।
म्याग्दीमा भूकम्प गएको ३ घण्टापछि बागलुङमा पनि भूकम्पको धक्का महशुस गरीएकाे हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको थियाे ।
भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको छ ।


