तस्बिर : सामाजिक सञ्जाल
पाेखरा । पोखरामा हुन लागेकाे कोटीहोम महानगरपालिकाले रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा भूमिपुजन गर्न खोजेको अवस्थामा महानगरको प्रहरीले रोक्न खोजेपछी दुवै पक्ष बिच झडप भएकाे हाे ।
अनुमतिबिना नै भूमिपुजन गर्न खोजेको र महानगर प्रहरीले रोकेपछि दुई पक्षबीच झडप भएको कास्की प्रहरीले जानकारी दिएकाे छ ।
झडपमा दुई पक्षका केही घाइते भएका छन् । लेकसाइडको बाराहीघाटमा रहेको नेपाल ट्रष्टको जग्गामा कोटिहोम आयोजक मानव सेवा फाउण्डेसनले आज भूमीपुजनको आयोजना गरेको थियो ।


