उदयपुर । गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीको ठक्करबाट सडकको छेउमा बसीरहेकी दिदीबहिनीको ज्यान गएको छ ।
गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको उदयपुर प्रहरीले पुष्टी गरेकाे हो ।
बिहीबार बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका २ जना दिदीबहिनीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी केदारमान दोङले बताए ।
ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जानकारी दिएको छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाल र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।


