काठमाडाैं । याे बर्षकाे फागु पुर्णिमा पर्व सुरू भएको संकेत स्वरुप हनुमानढोकास्थित बसन्तपुरमा चीर ठड्याइएको छ । साइत अनुसार आज बिहान चीर ठड्याइएको हो ।
चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा फागु पुर्णिमा पर्व सुरू भएको मानिने प्रचलन रहेकाे छ ।
आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याइ दाह गरेपछि फागु पुर्णिमा समाप्त हुन्छ ।
परम्परा अनुसार फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ ।
याे वर्ष पहाडी जिल्लाहरूमा फागुन २९ गते र तराईका जिल्लाहरूमा चैत १ गते फागु पुर्णिमा पर्व परेको छ ।


