काठमाडाैं । उच्च पहाडी तथा हिमाली भेगकाे धेरैजसो ठाउँमा आज मौसमबदली भएको छ । बाँकी केही ठाउँको मौसम भने सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र थोरै ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज मधेश र लुम्बिनी प्रदेशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । केही दिन अघि बढेको तापक्रम मौसम बदलीका कारण फेरि घट्न थालेको छ ।


