काठमाडौं । साँखुको एक अनाथालयमा टिपर पस्दा कोठामा सुतिरहेका ३ जनाको ज्यान गएकाे छ। शुक्रबार बिहान ३:४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा ३ जनाकाे ज्यान गएकाे साँखु प्रहरीले पुष्टी गरेको हाे ।
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन र ४५ वर्षीय हरिजनको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची-१२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको थियाे ।
उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका थिए । टहरामा जम्मा ६१ जना बस्छन् । टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए ।
टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


