फाईल तस्बिर
काठमाडौं । हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।
उपचारपछि शाह आज बिहान डिस्चार्च भएको अस्पताल प्रशासनले जनाएकाे छ ।
उनको उपचारमा संलग्न चिकित्सका अनुसार शाहलाई १ सातापछि फलोअपमा बोलाइएको छ ।
चिकित्सकका अनुसार शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।



