काठमाडौं । अवैधानिक रुपमा अमेरिकामा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल ल्याएर छाडिदिएकाे छ । विना कागजात अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो ।
अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालीहरुलाइ लिएर उडेकाे बिमान काठमाडौंमा बिहान १० बजे अबतरण गरेकाे थियाे ।
ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । अमेरिकी सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको याे नै पहिलो घटना हो ।
विमानले भाेली नेपालमा रहेका अमेरिकी नागरिक लिएर ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने छ ।



