काठमाडाैं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावअन्तर्गत आज देशैभरका क्याम्पसमा संघ–संगठन दर्ता हुँदैछ ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज साेमबार बिहान ७ बजेदेखि दिउँसो ३ः०० बजेसम्म दर्ता हुने समय तय गरिएको हाे ।
त्रिभुवन विश्वविद्यालयका ६१ वट आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजे संगठन दर्ताको समय तोकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ भने फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय तय गरीएकाे छ ।
तालिका अनुसार फागुन २६ गते बिहान ११ बजे देखि २ः बजेसम्म मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहेकाे छ ।
चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।




















