काठमाडाैं । केही दिन यताबाट देशैभर तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडाैं उपत्यकाको अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस रहेकामा बढेर २३.२५ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
त्यस्तैगरी, विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा माथीकाे तापक्रम रेकर्ड भएको छ ।
आज कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदली रहने अनुमान गरीएको छ । बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


