प्रतिकात्मक तस्बिर
सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा शनिबार बेलुका परेको चट्याङमा परी ३ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा हरिहरपुरगढी गाउँपालिका–१ की ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ । सामान्य घाइते महन्त र फुलमायाको स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।
सिन्धुलीमा हिजो बेलुका हावाहुरी र चट्याङसहित पानी परेको थियो ।


