एजेन्सी । भारतको उत्तराखण्डकाे चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये ४ जना मजदुरको ज्यान गएको छ ।
हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
उक्त क्षेत्रमा शुक्रबार दिउँसो बद्रीनाथ धामको नजिक मनामा हिमपहिरो गएको थियो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा खटिएका मजदूर हिमपहिरोमा फसेका हुन् ।
हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । फसेका मानिसहरुलाई निकाल्न ६ वटा हेलीकप्टर प्रयोग भएका छन् । १ जनाको खोजी भइरहेको भारतीय सेनाले जनाएको छ ।


