काठमाडाैं । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । देशै भरका सबैजसो ठाउँमा घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अब तत्काल पानी पर्ने सम्भावना कम भएर गएकाे पनि महाशाखाले जनाएकाे छ । प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुने छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन महाशाखाले सुझाव दिएकाे छ ।
हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको ३ दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडकाे अधिकांश स्थानमा पानी परेकाे छ । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।
लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेकाे बेला परेकाे पानी र हिमपातले गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको छ ।




















