राैतहट । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय मुखियाको आज बिहान आफ्नै निवासमा निधन भएको हाे ।
माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले जानकारी दिए अनुसार मुखिया नेकपा (माओवादी केन्द्र) बाट गएकाे स्थानिय निर्वाचनमा निर्वाचित भएका थिए ।


