फाइल फाेटाे
काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपती मन्दिर आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज एक कार्यक्रम बिच बिदाइ गरेको छ । छिमेकी देश भारतलगायत विभिन्न स्थानबाट आएका ३ हजार जनाभन्दा बढी साधु सन्तलाई कोषले आज बाटो खर्चसहित बिदाइ गरेको हो ।
बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो ।
महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा रहदै आएकाे छ । कोषले उनीहरुलाई दिउँसोको खाना र आवासको व्यवस्था गरेको थियो ।



