काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो ।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । परिवारिक स्राेतका अनुसार उनकाे आजै बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएकाे छ ।
बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्षमा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा श्रेष्ठकाे निधन भएकाे हाे ।
उनी २०६१ साल बैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । उनकाे ८४ वर्षको उमेरमा निधन भएको हो ।


