काठमाडौं । आज्ञ बिहानैपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
वरपरका जिल्लाहरुमा समेत कम्पन महशुस गरीएकाे भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हाे ।
शुक्रबार बिहान २:५१ बजे गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण संकलन भइरहेकाेले आउन बाँकी रहेकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।


