काठमाडाैं । हिउँदे अवधि सकिन लाग्दा आज र भोलि पश्चिमी वायु सक्रिय हुने देखिएकाे छ । पश्चिमी वायु सक्रिय हुदा देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ भने मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
मङ्सिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको छ ।
लामाे समयसम्म पानी नपर्दा वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । आज र भोलि हुने बर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने अनुमान महाशाखाले गरेकाे छ ।




















