प्रतिकात्मक तस्बिर
मुग्लिन । चितवनको इच्छाकामना–्५ मुग्लिन बजारमा हिजाे साँझ माइक्रोले ठक्कर दिदा १ जना बृद्धा महिलाकाे ज्यान गएकाे छ ।
साँझ करिब ६ः३५ बजे काठमाडौं बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङकाे ज्यान गएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले पुष्टी गरेकाे हाे ।
ठक्कर दिदाँ गंभिर घाइते भएकी सुकमायाँको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारिले जानकारी दिइन ।
ठक्कर दिने माइक्रो चालक र माइक्रो प्रहरिको नियन्त्रणमा रहेको र दुर्घटनाकाे अनुसन्धान भइरहेकाे छ ।




















