एजेन्सी । दक्षिण कोरीयामा आज बिहानै निर्माणाधिन पुल भत्किएको छ । पुल भत्किदा केही मजदुरहरुको ज्यान गएको आशंका गरीएको छ ।
पुल भत्किदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना यती डरलाग्दो थियो की भिडियो हेरेर अन्दाज लगाउन सकिन्छ ।
दक्षिण कोरीयाको अनसियोंग सी मा रहेको निर्माधिन पुल नेपाली समय अनुसार मंगलबार बिहान १०ः०४ बजे भत्किएको थियो । यो समाचार दक्षिण कोरीयाली समाचार एजेन्सी योनहापले जनाएको छ ।
मुख्य राजमार्गमा निर्माण भइरहेको पुलमा ५० मिटरका ५ वटा स्टिलका संरचना क्रेनको सहायताले राख्ने क्रममा उक्त घटना भएको पनि समाचारमा लेखिएको छ ।
पुल भत्किनुका कारण र उक्त घटनामा कती जनाले ज्यान गुमाए भन्ने कुरा पुष्टी हुन बाँकी रहेको पनि योनहापले जनाएको छ ।




















