काठमाडाैं । हिंन्दुहरुकाे आराध्य देव पशुपतिनाथकाे मन्दिरमा भोलि हुने महाशिवरात्री मेलाको सबै तयारी पूरा भएको छ । महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० वटा उपसमिति गठन भएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था गरीएकाे छ ।
भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषले गएको वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेको छ ।
कोषका अनुसार पशुपति प्रवेश गरेर बाहिरिनेहरुका लागि ४ वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका ३/३ र पूर्व र दक्षिण ढोकामा २/२ वटा लाइन रहनेछ ।
पशुपती दर्शनका लागि भोलि बिहान २:३० बजेदेखि पर्सि बिहान ६ बजेसम्म सबै ढोका खुला रहने छ । याे बर्ष ५ लाखभन्दा बढीले पशुपती नाथकाे दर्शन गर्ने अनुमान गरीएकाे छ ।



