एजेन्सी । मंगलबार बिहानै बंगालको खाडीमा भूकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रेक्टरस्कल मापन गरिएको छ ।
ति सञ्चार माध्यमहरुका अनुसार भूकम्पको धक्का कोलकातासहित भारतका विभिन्न शहरमा महसुस भएको थियो ।
भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेकाे थियो ।




















