लमजुङ । लमजुङमा केही बेर अगाडी भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार आज बिहान ९:११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ स्केल रेक्टरको भूकम्प गएको हाे ।
सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको पनि केन्द्रले जनाएकाे छ ।


