काठमाडाैं । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहने अनुमान गरीएकाे छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । तराईका केही ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रकाे केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
यो वर्षको हिउँद सकिन अब ५ दिन मात्रै बाँकी छ ।


