फाईल तस्बिर
एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले सम्झाैता बमाेजिम ६ जना इजरायली बन्धक रिहा गर्दा इजरायलले ६०२ जना कैदीबन्दी मुक्त गरेको छ ।
हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।
उनीहरूमध्ये ४ जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका थिए । अन्य २ जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमास समूहले ६ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि ६०२ जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको हाे । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।
हमास र इजरायलबीच झन्डै १ महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो ।




















