ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा पुन: हिजाे मघ्यरातमा झडप भएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे छ ।
झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् ।

आज आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म उक्त क्षेत्रमा ५ जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको सूचना मार्फत जानकारी गराइएकाे छ ।
आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ ।
तस्बिर : सामाजिक सञ्जाल




















