प्रतीकात्मक तस्बिर
सप्तरी । भारतको प्रयागराजमा जारी रहेकाे महाकुम्भ मेलामा स्नान गरी फर्किंदै गरेका ४ जना नेपालीको जीप दुर्घटनामा ज्यान गएको छ ।
भारतको गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका ३ जना र सुनसरीका १ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेकाे खुल्न आएकाे छ ।
यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि ज्यान गएको छ । सबैको घटनास्थलमै ज्यान गएको हो । साेही दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।


