चितवन । भरतपुर महानगरपालिका -३ पुलचोक स्थित नारायणी नदि माथीको पुलबाट हामफालेका ब्यक्तिको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
महानगरपालिका -२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारीलाई सकुशल उद्धार गरीएकाे सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार १७ नम्बर गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइआरटी) ले अधिकारीकाे सकुशल उद्धार गरी उपचारको भरतपुर अस्पताल पठाएको छ ।




















