काठमाडैाैं । नेपाली बजारमा अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो ।
नेपाली बजारमा ठूलो, मध्यम र एक्स–एल गरी ३ आकारका अण्डा बिक्री हुदै आएकाे छ । भाउ घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३५०, ठूलो अण्डा ३७० र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रुपैयाँ पर्ने भएको सङ्घले जनाएकाे छ ।
यसअघि ठूलो अण्डा ४००, मध्यम ३८५ र एक्स–एल अण्डा ४१५ रुपैयाँ ताेकिएकाे थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाएको सङ्घले जनाएकाे छ ।




















