फाईल तस्बिर
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत सुझाव दिदै अबका दिनमा डीभी बन्द गर्न भनेकाे छ ।
मेयर शाहले अमेरिकाको डीभी लट्रीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएको हाे ।
उनले सामाजिक सञ्जालमा नेपाललाई दिएको अनुदानबारे ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै अमेरिकी नागरिक अल्छी भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै मेयर शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसूस गराउनुभएकोमा धन्यवाद । हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्, त्यसैले हामी गरिब छौँ । तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्, तपाईं अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ । त्यसैले तपाईं गरिब हुनुहुन्छ ।’




















