काठमाडाैं । आज देशका केही स्थानमा सामान्य वर्षा र हिमपात हुन सक्ने अनुमान गरीएकाे छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोपछि मौसममा सुधार हुनेछ । पानी परेको ठाउँका किसान हर्षित भएका छन् । तर धेरै ठाउँमा हिउँदे वर्षा हुन सकेको छैन ।
नेपालको मौसमी पात्रो अनुसार मंसीर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अबधि मानिन्छ ।




















