काठमाडाैं । लेबनानलाई हराउँदै नेपाल १ खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजाे भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे ।
अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।
तस्वीर : एन्फा




















