फाइल फाेटाे
पाेखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । गएकाे शनिबार पाेखरा भ्रमण वर्षको घोषणा समारोहमा बेलुन पड्केर आगाेलाग्दा घाइते भएका मेयर आचार्यलाई आज अस्पतालले डिस्चार्ज गरेकाे हाे ।
पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । घाइते दुवै जनाको काठमाडाैंकाे कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।
अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।


