प्रतिकात्मक तस्वीर
पाेखरा । आज गण्डकी प्रदेशको केही स्थानमा सामान्य पानी परेको छ ।
स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा मापन गरीएकाे छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जाने अनुमान गरीएकाे छ ।


