काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बुलेटीन जारी गर्दै आज र भोलि देशका अधिकांश स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेकाे बुलेटीन अनुसार मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेकाे छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले निकालेको मौसमी बुलेटिनमा उल्लेख छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।




















