काठमाडाैं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले न्यायिक हिरासतमा पठाएको छ ।
श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल समेत बरामद गरेको छ । श्रीवास्तव प्रकृतिको साथी समेत हुन् ।
श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ ।
श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ । साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको मोबाइल र ल्यापटप समेत प्रहरीले बरामद गरेको जनाएकाे छ ।
यसै हप्ताकाे आइतबार प्रकृतिकाे झुण्डीएकाे अवस्थामा मृत शरिर फेला परेपछी उत्पन्न विवादपछी कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिट समेत भएकाे थियाे ।


