×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कर्णाली उत्सव : कर्णालीमा विद्यार्थीलाई अवसरै अवसर

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत । कर्णाली उत्सव  : कुडा कर्णालीका छैटौं संस्करणको पहिलो दिन सोमबार उच्च शिक्षा, अनुसन्धान र विकास थिममा केन्द्रीत थियो । बहसमा सहभागी थिए, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा धु्रवकुमार गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र नेपाल खुला विश्वविद्यालयका प्रा डा शिलु मानन्धर बर्जाचार्य । उपकुलपतित्रयसंग संवाद गर्दै थिए, पत्रकार तुला अधिकारी ।

    सहजकर्ताले संवादको सुरुवातमै सोधे–हामीले के पढ्यौं, के पढायौं ? उपकुलपति प्रा.डा.गौतमले मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमको फेहरिस्त सुनाए । उनका अनुसार मध्यपश्चिम विश्वविद्यालयले पिएचडी कार्यक्रम, कृषि क्याम्पस, बाली विज्ञान, इन्जिनियरिङ, हाइड्रो र आइसिटीका कार्यक्रम सञ्चालन गरेको छ ।

    कानुनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ल क्याम्पस सञ्चालनमा छ । नीति निर्माण तहमा सहयोग गर्न नीति ल्याब खोलिएको छ । परम्परागत ज्ञान, सीपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि कर्णाली ज्ञान केन्द्र सञ्चालनमा छ । ‘विद्यार्थीहरुलाई रोजगारीमा जोड्ने खालको शिक्षा दिनुपर्छ, अहिले पनि हाम्रा विद्यार्थीहरु अब्बल बन्दै गएका छन्, प्रा.डा.गौतमले भने, ‘अर्को अर्थमा भन्ने हो भने विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थीहरु हामी उत्पादन गरिरहेका छौँ, कर्णालीका विद्यार्थीलाई अवसरै अवसर छन् ।’

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जुम्ला जस्तो ग्रामिण र विकट क्षेत्रमा मेडिकल शिक्षाको पढाइ विश्वमै बिरलै हुने बताए । प्रतिष्ठानलाई औपचारिक मेडिकल शिक्षामा मात्र सीमित नगरी स्वास्थ्य प्राविधिक क्षेत्रमा अनुसन्धान र ज्ञान हस्तान्तरणसम्बन्धी कार्यक्रम सञ्चालनको योजना बनाएको उनको भनाई थियो । ‘कर्णाली क्षेत्र हाई भ्याल्यु मेडिसिन प्लान्ट मानिन्छ, दुःखको कुरा यहाँको जडीबुटी कौडीको भाउमा निर्यात भई महंगो औषधि भएर छिर्छ, उनले भने, ‘अब हामीले कर्णालीको जडीबुटीको कर्णालीमै अनुसन्धान, प्रशोधन गरी औषधि कारखाना खोल्न सक्नुपर्छ ।’ उनले यसका लागि स्कूल अफ फार्मेसी, हाइ भ्याल्यु मेडिसिन रिसर्च सेन्टर खोल्ने कार्ययोजना सुनाए ।

    नेपालमा चिकित्सा शिक्षा पढाइ हुने पर्याप्त कलेज भएपनि सीमित कोटाका कारण विद्यार्थीहरु विदेश गइरहेको बताए । डा रावलले भने, ‘चिकित्सा क्षेत्र ठूलो डिस्कोर्समा छ, धेरै विद्यार्थीहरु ठूलो पैसा खर्च गरेर बाहिर गएका छन्, नेपालका मेडिकल कलेजले पठाउन सक्छन् तर कोटा छैनन्, पढाइको अवसर नेपाली विद्यार्थीले पाउन । बरु रोजगारीका लागि विश्वका जुनसुकै कुना जान सकून ।’

    नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा शिलु मानन्धर बर्जाचार्यले सैद्धान्तिकसंगै व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने बताइन् । ‘कुनै पनि विद्यार्थी दीक्षित भइसकेपछि सम्बन्धित विषयमा सीप, ज्ञानले दक्ष हुनुप¥यो, तबमात्र बजारमा रोजगारी पाउने सम्भावना रहन्छ,’ उनले भनिन्, ‘सकारात्मक सोच राखेर शिक्षाका कार्यक्रम विकासमा जोड दिनुपर्छ ।’ कर्णालीका विद्यार्थीका लागि उच्च शिक्षाको पर्याप्त अवसर रहेको उनले बताइन् ।

    नेपालका विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा आलोचित छ्न नि ? भन्ने सहजकर्ताको प्रश्नमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति गौतमको जवाफ थियो–विश्वविद्यालयले पढाउने हो, सीप ज्ञान दिने हो, जागिरको ग्यारेन्टी दिन सक्दैन्, जागिर बजारले दिने हो, बजारमा प्रतिष्पर्धी बन्ने हो, राज्यले रोजगारीका अवसर सिर्जना गर्ने हो ।’

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.