खोटाङ । खोटाङको हलेसी बजारमा हिजो साँझ लागेकाे आगलागीमा परी ३ वटा घरमा क्षती पुर्याएकाे छ । सबैकाे सहयाेगमा करिब ४ घण्टापछि आगाे नियन्त्रणमा आएकाे खाेटाङ प्रहरीले जनाएकाे छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर शुरु भएको आगो राति ११ बजे नियन्त्रणमा आएकाे हो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ ।
आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ । आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना तथा स्थानिय खटीएका थिए ।




















