काठमाडौं । शंखरापुर नगरपालिका–५ मा गएकाे बुधबार भएको बस दुर्घटनामा घाईते भएका अर्का १ जना विद्यार्थी काे पनि उपचारकाे क्रममा ज्यान गएकाे छ । उक्त घटनामा ज्यान गुमाउनेकाे संख्या ४ पुगेको छ ।
दुर्घटना परी मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय सनसाइन तामाङको ज्यान गएकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौंले दिएकाे जानकारी अनुसार तामाङकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे संख्या ४ पुगेको छ ।
यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलकाे ज्यान गएकाे थियो ।
३० माघ गते बा २ ख ७९५८ नम्बरको बसले चाबहिलको एसएस एकेडमीका विद्यार्थी लिएर नगरकोट पिकनिक गएकाे बस फर्कने क्रममा दुर्घटनामा परेको थियो ।
बसमा सवार ४३ जना मध्ये ३ जनाको घटना स्थलमा नै ज्यान गएकाे थियो ।


