काठमाडाैं । राजधानीकाे कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप १ जनाको गएराती ज्यान गएकाे छ ।
काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्क घर भइ कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडाैंले पुष्टी गरेकाे हाे ।
योसँगै कमलपोखरीमा भएको ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । दुर्घटनालगत्तै ११ जना गम्भीर घाइते भएका थिए ।
यसअघि उदयपुरको उदयपुरगढीका प्रदीप तामाङ, उदयपुरकै कटारी नगरपालिकाका भीमबहादुर घलेमगर र मकवानपुरको मनहरी गाउँपालिकाका रबिन राईको उपचारका क्रममा ज्यान गएको थियो ।
अन्य घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।


