एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा गएराती भएको भागदौडमा कम्तीमा पनि १८ जनाकाे ज्यान गएकाे छ । भागदाैडमा घाईते भएकाहरुकाे लोकनायक अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाघ्यमहरुले जनाएकाे छ ।
घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि २ लाख ५० हजार भारु दिइनेछ ।
अस्पतालमा अहिले १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।


