काठमाडाैं । केही दिन यता देशैभरी देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ । तर हिजोजस्तो बदली नहुने महाशाखाले जनाएकाे छ । हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको थियाे ।
यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ महाशाखाले जनाएकाे हाे ।
पानी नपर्दा वायु प्रदुषण र डढेलोको जोखिमसँगै कृषिबालीमा असर गरेको छ ।


