प्रतीकात्मक तस्बिर
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको छ ।
खैलार गाउँको प्राथमिक विद्यालयनजिक गहुँ खेतमा हात्ती मृत फेला परेको हाे ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा.अशोक रामका अनुसार बिरामी हात्ती प्राकृतिक कारणले मरेको हुनसक्ने अनुमान गरीएकाे छ ।


